+
+

कांग्रेसले टुंग्यायो धरान र इटहरीको मेयर उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:४१

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।

इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।

इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार हुन पाएका थिएनन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।

धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुन् । गत अधिवेशनमा उनी नगर सभापतिमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?