
१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
एमाले जिल्ला पार्टी कार्यालय भरतपुरबाट बाजागाजा र फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेता सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली र सर्मथकमा एमालेका सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।
उम्मेदवारी दर्ता गराउनु अघि उनले एमाले पार्टी कार्यालय भरतपुरमा रहेको मदन भण्डारीको शालिक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेको वीपी कोइरालाको शालिकमा फूलमाला चढाएका थिए ।
उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुराकानी गर्दै मेयर उम्मेदवार सुवेदीले भरतपुर महानगरको योजनावद्ध विकासका लागि आफ्नो जित आवश्यक रहेको बताए ।
उनले महानगरको विकासको स्पष्ट खाका तयार गरेर यसलाई विश्वकै उत्कृष्ट शहरहरुको दाँजोमा लैजाने आफ्नो योजना रहेको बताए ।
एमालेले भरतपुर महानगरको मेयरमा मात्रै उम्मेदवारी दर्ता गरेको छ । उपमेयरमा भने राप्रपा उम्मेदवारलाई समर्थन गर्नेछ ।
प्रतिक्रिया 4