
१२ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गर्न पुगेका उनले भने, ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो ।’
आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।
उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4