
१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए ।
मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनीसँगै सामाजिक अभियन्ता सरोज मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4