
१२ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाका मेयरको उम्मेदवार भागवण्डा गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेको थियो ।
साह २०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । कार्यकर्ताको नारा जुलुससहित उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4