
काठमाडौं । कमेडियन क्रिस रकलाई ओस्कार अवार्ड समारोहमै थप्पड हानेपछिको घटनाले अभिनेता विल स्मिथलाई अझै तनाव दिइरहेको छ । यसको असरले कि त उनको प्रोजेक्टमा भइरहेको छ या त रद्द ।
यही मेसोमा अभिनेता स्मिथको अभिनय करिअरलाई धक्का दिनेगरी नेटफ्लिक्सले एक्सन सिक्वेल ‘ब्राइट २’को निर्माण नै स्थगित गरेको छ । तर यो निर्णयमा ओस्कार प्रकरण कारण नरहेको नेटफ्लिक्सको दाबी छ ।
ब्लुमबर्ग म्यागजिनका अनुसार ब्राइटको सिक्वेल बनाउने योजनालाई नेटफ्लिक्सलाई स्थगित गरेको छ । नेटफ्लिक्सलाई ‘ब्राइट २’ बनाउने योजना रोकेको पहिलो पटक चाहिं होइन, यसअघि उसले स्मिथकै फिल्म ‘फास्ट एण्ड लुज’लाई पनि रोकिसकेको छ ।
तर कमिकबुक रिपोर्टका अनुसार ‘फास्ट एण्ड लुज’ फिल्म रोकिनुमा ओस्कार प्रकरण कारण छैन, किनभने निर्देशक डेभिड लिचले अन्य फिल्मको छायांकन सुरुवात गरेपछि उक्त प्रोजेक्ट रोकिएको हो ।
नेसनल जियोग्राफिक च्यानलको लागि अभिनेता स्मिथले होस्ट गरेको कार्यक्रम श्रृंखला ‘पोल बाइ पोल’को प्रसारण पनि अहिलेलाई स्थगित गरिएको छ ।
प्रतिक्रिया 4