
१२ वैशाख, काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ३७ हजार ५८५ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।
देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ३९५ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ७८४ जनाको मनोनयन परेको छ ।
त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ३२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । ८२२ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।
स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।
देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा ९ हजार ७९७ जनाले मनोनयन दर्ता गराएका छन् ।
वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ५ हजार ८४९ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ५ हजार ९५ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।
५ बजेसम्म मनोनयनका लागि लाइनमा बसेकाहरूले मनोनयन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको भन्दै आयोगले सबै उम्मेद्वारको विवरण आउन समय लाग्ने जनाएको छ ।
प्रतिक्रिया 4