
१२ वैशाख, धनगढी । सत्ता गठबन्धनले धनगढी उपमहानगरपालिकाकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएकाे छ ।
गठबन्धनले मेयरमा धनगढीका निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढी चाैराहाबाट बाजागाजासहित संयुक्त र्यालीसहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयर र उपमेयरमा गठबन्धन भएपनि धनगढीका १९ वटा वडाहरूमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमति दलहरुले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4