
१२ वैशाख, काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।
देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ९१४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ ।
त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ९४४ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १३१९ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।
स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या ३ हजार ८५८ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ४९२ छ ।
देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १५ हजार २८५ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या २० हजार ७३० छ । त्यस्तै ९ हजार ८९१ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ८ हजार ६९४ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।
विभिन्न ठाउँमा मनोनयन दर्ता गर्नेहरुको नाम अध्यावधकि गर्ने काम भइरहेको भन्दै आयोगले उम्मेदवार अझै बढ्ने् जनाएको छ ।
प्रतिक्रिया 4