
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह । उनले जनकपुरधाम कांग्रेस सभापतिबाट राजीनामा दिएका थिए ।
१२ वैशाख, काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ ।
अनलाइनखबरले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो ।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका अध्यक्षमा ७२० र उपाध्यक्षमा २५४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
वडा अध्यक्षमा ३ हजार ७८६ जनाको उम्मोदवारी परेको छ । वडा सदस्यमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन् ।
निर्वाचन आयोगको राति ८:४५ बजेसम्मको तथ्यांक अनुसार दलगत र स्वतन्त्र गरी साढे ८ बजेसम्म कूल ८४ हजार ४८३ जनाको मनोनयन दर्ता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4