+
+

कमलामाईको उपमेयरमा माओवादी उम्मेदवारको मनोनयन दर्तै भएन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १६:५३

१३ वैशाख, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकामा उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज श्रेष्ठको मनोनयन दर्ता नै नभएको पाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचिमा रहेकाले मनोनयन दर्ता हुन नसकेको जनाएको छ ।

श्रेष्ठले कमलामाइ नगरपालिकाको उपमेयरमा सोमबार मनोनयन दर्ता गर्न विवरण पेश गरेका थिए । तर समानुपातिक सूचिमा नाम रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन नै हुन नसकेको जानकारी दिएको हो ।

हेर्नुहोस् निर्वाचन अधिकृत कार्यालयको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?