
१३ वैशाख, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको दुई वडामा महिला सदस्य पदका लागि एक/एक जनाको मात्र मनोनयन दर्ता भएको छ । वडा नम्बर २ मा महिला सदस्यका लागि नेकपा एमालेबाट भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गको मात्रै मनोनयन दर्ता परेको छ ।
पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दुवैको एकल उम्मेदवारी परेको बताए । निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिंह सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया 4