+
+

भोजपुरमा एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्‍यो कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १७:४०

१३ वैशाख, भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ ।

एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् ।

कारवाहीमा पर्नेहरुमा भोजपुर नगरपालिका नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठ रहेका भुजेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?