१३ वैशाख, धनकुटा । धनकुटाका विभिन्न स्थानीय तहका तीन वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ ।
जिल्लाको पाख्रीबास नगरपालिका वडा-९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक-एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
पाख्रीबास वडा नं. ९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रुपमा डम्बरकुमारी दर्जीको मात्र उम्मेदवारी दर्ता भएको छ । यस्तै चौबिसे गाउँपालिका वडा नं.८ मा नेकपा एमालेबाट मात्र दलित वडा सदस्यको मनोनयन दर्ता छ। त्यहाँ ताराकुमारी विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं.९ मा कांग्रेसबाट कुमारी विश्वकर्माको मात्र एकल उम्मेदवारी परेको छ। ती वडाहरुमा अन्य दलबाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए ।
अन्य दलबाट मनोनयन दर्ता नभएपनि उम्मेदवारविरुद्ध उजुरी गर्ने समयावधिसम्म निर्विरोध घोषणा गर्न नमिल्ने मुख्य निर्वाचत अधिकृत फणिन्द्रप्रसाद पराजुलीको भनाइ छ। वैशाख १६ गतेसम्म उम्मेदवारीविरुद्ध उजुरी गर्ने समयावधि रहेको उनले बताए ।
प्रतिक्रिया 4