
नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत नेपोभिट टाइल्स नेपालको पहिलो र एक मात्र टाइल्स उत्पादन गर्ने ब्राण्ड हो। नेपालमै आकर्षक र गुणस्तरीय टाइल्स नेपाली सर्वसाधारणलाई उपलब्ध गर्ने सोच सहित यहि वैशाख ९ गते हायात रेजेन्सी, काठमाडौँमा महानायक राजेश हमाल तथा देशभरिको डिलरको उपस्थितिमा नेपोभिट टाइल्स सार्वजनिक गरियो।
विदेशी टाइल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाइल्सको स्थापना भएको हो। उद्घाटन समारोहमा महानायक राजेश हमालले आफु नेपोभिट टाइल्सको सदभाव दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाइल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक फ्याक्ट्रीको बारेमा चर्चा गरे।
यस टाइल्सको बारेमा चर्चा गर्नुपर्दा नेपोभिट टाइल्स विश्व प्रतिष्ठित इटालियन टेक्नोलोजीको साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् । फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् । यस टाइल्सका विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिन्छ ।
समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाइल्सको अध्यक्ष शम्भुनाथ शाहले, ‘नेपालमै टाइल्स उत्पादन गरेर देशभित्रको माग पुरा गर्दै विदेशी टाइल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच हो, “नेपोभिट टाइल्सको निर्देशक श्री मनोज प्रसाद रौनियारले भने, “नेपाली जनतालाई रोजगारीको अवसर दिने दृष्टि र नेपाली डिजाइनमै टाइल्सहरु उपलब्ध गराउनेछौ । ”
सन् २०२२ मा स्थापना भएको नेपोभिट टाइल्सको कारखाना दक्षिणी नेपालको तराइ क्षेत्र अन्तर्गत बारा जिल्लाको जीतपुर उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित छ। नेपालमा अत्यधिक मात्रामा टाइल्स प्रयोग भए पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ तर नेपाली कम्पनीहरूको आगमनले यो प्रक्रिया घट्दै गरेको छ । आफ्नै माटो, आफ्नै शान भनेर नारा लगाउदै नेपोभिट टाइल्सले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली बजारमा बिस्तारै आफ्नो पकड लिन थालिसकेको छ।
प्रतिक्रिया 4