+

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र भियारियल दुवै उत्साहित

२०७९ वैशाख  १४ गते १५:०४ २०७९ वैशाख १४ गते १५:०४
च्याम्पियन्स लिग फुटबल : लिभरपुल र भियारियल दुवै उत्साहित

१४ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभपुल र स्पेनिस क्लब भियारियलले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्दै छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेललाई लिएर दुवै टोलीका प्रशिक्षक उत्साहित छन् ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो सेमिफाइनललाई एकदमै विशेष रुपमा हेरेका छन् । ‘हरेक खेललाई फाइनल जसरी हेर्नु जरुरी छ’, उनले भने, ‘यो एकदमै ठूलो अवसर हो धेरै खेलाडी तथा प्रशिक्षकले निकै मेहनत गर्दा पनि सेमिफाइनलमा आउन मुस्किल हुन्छ । हामीले यो अवसर पाएका छौं । हामीले यसलाई सदुपयोग गर्नु पर्छ ।’

लिभरपुल प्रशिक्षक क्लोप जारी सिजनमा चार उपाधीको खोजीमा छन् । तर त्यसका लागि धेरै गर्न बाँकी रहेको उनी बताउँछन् । भन्छन्, ‘अझै धेरै गर्न बाँकी छ, फुटबल खेलमा नतिजा निकै छिटो परिवर्तन हुन सक्छ । हामीले जित्छौं भनेर भनि हाल्ने अवस्था छैन । हामीले केही खराब खेल पनि खेलेका छौं ।’

भियारियल युरोपा लिग च्याम्पियन भइसकेको भन्दै उसका प्रशिक्षक उनाइ इम्री आफूहरु कमजोर नरहेको बताउँछन् । भन्छन्, ‘सेमिफाइनलमा आएका हरेक टिम आफ्नो सामथ्र्यले आएका हुन् । ती टिमहरु यहाँसम्म आइपुग्न लायक छन् ।’

उनले भियारियल बलियो टिम हो भनेर लिभरपुलले थाहा पाइसकेको पनि बताए । भने, ‘लिभरपुललाई थाहा छ, हामी युरोपी ठूलो टिम हौं भन्ने उनीहरुले हामीसँग प्रतिस्पर्धा गर्दा रमाइलो महसु्स गर्नेछन् ।’

लिभरपुलले गर्ने सम्मानजनक व्यवहारले आफूलाई निकै प्रभावित पारेको उनले बताए । ‘उनीहरुले हामीलाई गर्ने सम्मानलाई प्रेरणाको रुपमा लिएको छु । यसले नै लिभरपुलविरुद्ध खेल्न हामीलाई मद्दत गर्छ ।’

खेल अघिको नतिजा हेर्ने हो भने यी दुई टिमबीच ३ खेल भएको छ । जसमा दुवैले एक एक खेल जितेका छन् र एक खेल बराबरी गरेका छन् ।

तर सन् २०१५/१६ युरोपा लिग सेमिफाइनलको दोस्रो लेगमा ३–० को जित लिभरपुलको पक्षमा थियो । पहिलो लेग १–० ले जितेको भियारियल दोश्रो खेलमा एनफिल्डमा ३–० ले पराजित भएको थियो ।

‘एल्लो समरिन’ भनेर चिनिने भियारियल सन् २००५/२००६ को सिजनमा आसर्नलसँग सेमिफइनलमा हारेपछि च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्न सकेको थिएन । भियारियल पछिल्लो युरोपा लिगको विजेता हो ।

सेमिफाइनल अन्तर्गतको पहिलो लेगको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिग भियारियल लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय