+
+

जिता बरालको नर्सिङ लाइसेन्स खारेज, यस्तो थियो घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १७:१०

१४ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ ।

डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै १३ चैतमा बसेको परिषद्को बैठकले नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो ।

‘सिफारिस प्रतिवेदन परिषद् समक्ष पेश गरेको कागजात समेत अध्ययन छलफल गर्दा निजले आचार सहिंता उल्लङघन गरेको ठहर हुन आएकाले परिषद्को दर्ता किताबबाट दर्ता नम्बर ८८९४ को जिता बरालको नाम हटाउने निर्णय गरिएको छ,’ सुचनामा भनिएको छ ।

नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन् । बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सो भिडियो सार्वजनिक भएसँगै ट्रमा सेन्टरका तत्कालीन निमिक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले काउन्सिललाई आवश्यक कारवाहीका लागि पत्र पठाएका थिए । त्यसपश्चात काउन्सिलले छानविन प्रक्रिया अगाडि बढाएको थियो।

काउन्सिलको छानबिनका क्रममा बरालले काउन्सिलको आचारसंहिता उल्लंघन गरेको देखिएपछि दर्ता किताबबाट नाम हटाउने निर्णय गरेको हो ।

६ असोज २०७७ नेपाल नर्सिङ काउन्सिलकी तत्कालीन सदस्य बरालले राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा तोडफोड गरेको थिइन् ।

जुम्लाबाट सत्याग्रहमा रहेका गोविन्द केसीलाई काठमाडौँ ल्याइएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने काम गरेको थिइन् ।

सरकारविरुद्ध प्रदर्शन गर्न काउन्सिलको सदस्यसमेत रहेकी बरालसहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको हातामा पुगेकी थिइन्।

नाराबाजी गर्दासमेत अस्वभाविक हाउभाउ देखाएकी बराल त्यसपछि सेतो कोट नै लगाएर ट्रमा सेन्टरभित्र पसेकी थिइन् । आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै भित्र गएर त्यहीँ भित्र नाच्ने, गीत गाउने र डाक्टर तथा नर्सलाई गालीगलौज तथा थुत्ने काम गरेकी थिइन्।

हेर्नुस् नर्सिङ काउन्सिलको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?