
१४ वैशाख, गोरखा । नेपाली कांग्रेस गोरखाले मेयरका आकांक्षी विश्वदेव श्रेष्ठमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।
गोरखा कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गर्दे केही उछृङ्खल व्यक्तिहरुबाट श्रेष्ठमाथि हमला गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको गण्डकी प्रदेश समितिबाट मेयरको टिकट पक्का गरेर फर्कने क्रममा श्रेष्ठमाथि कांग्रेसकै केही युवाहरुले हातपात गरेका थिए ।
टिकट वितरणमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्षले उनीमाथि कुटपिटसँगै पार्टी कार्यालयमा ताला समेत लगाएका थिए । साथै नगर समितिको कार्यालयमा धर्ना समेत दिएका थिए ।
केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे लगायत केही पक्षले पन्तलाई टिकट दिलाउन केन्द्रसम्म सक्दो कसरत गरेका थिए । अन्ततः प्रदेशले गरेको निर्णयलाई उल्ट्याउँदै केन्द्रीय समितिले श्रेष्ठले पाएको टिकट राजनराज पन्तलाई उपलब्ध गराएको हो ।
प्रतिक्रिया 4