+
+

मेयरमा श्रीमान र उपमेयर श्रीमतीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:२०

१४ वैशाख, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका मेयरमा श्रीमान र उप मेयरमा श्रीमतीको उम्मेदवारी परेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा उनकै श्रीमती मैयाँदेवी चिमरियालाई टिकट दिएको हो ।

उनीहरु दुवैको उम्मेदवारी दर्ता भएको खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयर उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।

खाँदबारी नगरपालिका मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

खाँदबारी नगरपालिका नगर प्रमुखमा पाँच दलीय गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालको उम्मेदवारी परेको छ ।

मेयरमा नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोचार्का हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड् बहादुर दमाईले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठ र उम्मेदवारी परेको छ । । ११ वडा रहेको खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?