
काठमाडौं । कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नेपाली बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मको दुई साताको कमाइ १८ करोड (१.५ मिलियन अमेरिकी डलर) रुपैयाँ ग्रस छ ।
यो नेपालमा कुनै विदेशी फिल्मले गरेको दोस्रो सर्वाधिक कमाइ हो । धेरै कमाउने पहिलो स्थानमा सन् २०१७ को दक्षिण भारतीय फिल्म ‘बाहुबली : द कन्क्लुजन’ छ । नेपालमा ‘बाहुबली २’को कुल कमाइ २० करोड ग्रसभन्दा बढी छ ।
महंगो मूल्यमा खरिद गरिएको ‘केजीएफ २’को लगानी उठाएर पनि वितरकले कुल १० प्रतिशत नाफा गरेको हिसाब छ । तेस्रो साताको ट्रण्न्ड हेर्दा पनि नेपालमा ‘केजीएफ २’को दबदबा कायमै रहेको बुझ्न सकिन्छ । लाइफटाइम कलेक्सनको हिसाबमा यो फिल्मले ‘बाहुबली २’को कमाइलाई उछिन्ने प्रक्षेपण छ ।
अहिले पनि नेपालका डेढ सय हलमा ‘केजीएफ-२’ चलिरहेको छ । तेस्रो सातामा पनि मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो फिल्मले २३ शो पाएको छ जुन ‘अभूतपूर्व’ हो । शुक्रबार रिलिज हुन लागेको टाइगर श्राफ स्टारर ‘हिरोपन्ती २’को प्रदर्शनले पनि ‘केजीएफ २’को गतिमा केही प्रभाव पार्नेछ ।
एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’को नेपालमा लाइफटाइम कलेक्सन झण्डै १३ करोड रुपैयाँ छ ।
प्रतिक्रिया 4