
१५ वैशाख, काठमाडौं। बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई हाल काठमाडौं-३१ नयाँ बानेश्वरमा बस्दै आएका ३४ वर्षीय दिनेश भक्त वलीलाई पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७८ फागुन १६ र १७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै २३ दिन कैद सजाय र २३ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
वलीले प्रभु वैंक लिमिटेड कोटेश्वर शाखा र एसबीआई वैंक लिमिटेड, नयाँबानेश्वर शाखामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
ललितपुरको ग्वार्कोमा लुकिछिपी बसिरहेको अवस्थामा वलीलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4