+
+

बझाङका पालिका प्रमुखमा एक मात्र महिला उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते २०:३०

१५ वैशाख, बझाङ । १२ वटा स्थानीय रहेको बझाङमा प्रमुख (मेयर–अध्यक्ष) पदका लागि ५२ जना उम्मेदवार मैदानमा छन् ।

तर त्यसमध्येमा एक मात्र महिला छिन् । उनी हुन धनदेवी कुँवर ।

जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ । २ वटा नगरको प्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४४ जना र उपाध्यक्षमा ३२ जनाको उम्मेदवारी परेको छ ।

सबै राजनीतिक दलले महिलालाई उपप्रमुखमा उम्मेदवार बनाइरहेको बेला कुँवर नेकपा एमालेकातर्फबाट बुंगल नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी हुन् ।

बझाङमा गठबन्धनमा आवद्ध दल र अन्य दलले महिलालाई उपप्रमुखमा मात्र उठाएको बेलाआफू मेयरबाट उठ्नु पाउनु नै ठूलो कुरा भएको  उनी बताउँछिन् ।

त्यसो त उनी चुनाव लडेको या पहिलो पल्ट होइन, उनी २०७४ को स्थानीय तह चुनावमा पनि बुंगलबाटै उपमेयरमा उम्मेदवार थिइन् । तर कुँवर नेपाली कांग्रेसकी मिनादेवी बोहरा जाग्रीसँग ७ सय ७१ मतले पराजित भइन् ।

कुँवरले बुंगलमा महिला शशक्तिकरण र उद्यमशिलताको अवधारणालाई अंगालेर बिजगडामा महिला शशक्तीकरण तथा वातावरण सुधार समाज नामक संस्था खोलेर समाज सेवा गरिहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य, नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य र बुंगल नगरपालिका सहइञ्चार्जसमेत हुन् ।

मेयर उम्मेदवार बनेसँगै उनले प्रचारप्रसार पनि तिव्र पारेकी छिन् । उनी भन्छिन्, ‘हिंसारहित घर र समाज निर्माण गर्ने तथा अन्याय अत्याचारका वि?द्धमा मेरो अभियान हुने छ ।’

नगरलाई वातावरण मैत्री बनाउन विभिन्न खालका योजना बनाउने र नगरको समग्र विकास, विशेष गरी पिछडिएका वर्ग र महिलाहरुको उत्थानका लागि काम गर्न उम्मेदवारी दिएको उनी बताउँछिन् ।

बुंगलमा उनीसँगै सत्तारुढ गठबन्धनकातर्फबाट कांग्रेसका जयबहादुर धामी, राप्रपाका हर्कबहादुर सिंह  र स्वतन्त्र नरेशबहादुर थापा मेयरको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?