
Photo Credit : दीपक थापा ।
१५ वैशाख, धनगढी । कैलालीमा नेपाली कांग्रेसका ५७ जनाले राजीनामा दिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्षमा निर्वाचित दिपक थापासहितका ५७ जना कार्यकर्ताले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।
धनगढीमा पत्रकार सम्मलेन गर्दै थापासहित पूर्व वडा सभापति अनन्तराज जोशी, छत्र बडेलालगायतका स्थानीय नेता, कार्यकर्ताले राजीनामा दिएको घोषणा गरे ।
वडाध्यक्षको टिकट वितरणमा असन्तुष्टि जनाउँदै आएका थापाले अघिल्लो निर्वाचनमा बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई टिकट दिएकाले क्रियाशिल सदस्य समेत नरहनेगरि सामूहिक राजीनामा दिएको बताए । थापाले खड्काविरुद्ध वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4