
१५ वैशाख, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमाले परित्याग गरेका छन् ।
पोख्रेलले बिहीबार एक विज्ञप्ति जारी गर्दे एमाले परित्याग गरेको घोषणा गरेका छन । पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन् । उनी गत २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गरेका थिए । तर, एमालेले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन् ।
पार्टीका नेताहरुको गुटगत निर्णयले आफ्नो योगदानको अवमुल्यन भएका कारण एमाले पार्टी परित्याग गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । एमालेमा बसेर राजनैतिक जीवन विताउन असहज भएको अध्यक्ष पोख्रेलले आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4