
१६ बैशाख काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकालेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर निर्माण समिति संयोजक बलराम पुनले जानकारी दिए ।
विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4