
१६ वैशाख, बुटवल । रुपन्देहीको बेलहिया नाकामा भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी लालमणि चौधरीले जानकारी दिए ।
गत चैत ५ यता कोरोना पोजेटिभ केस देखिएको यो पहिलो भएको चौधरीले बताए । पोजेटिभ देखिएकालाई सुरक्षित तवरले घर पुगेर आइसोलेसनमा बस्न सुझाव दिइएको उनले बताए । ‘अहिले क्वारेन्टाइन, आइसोलेसन केही छैन, सचेत बनाएर पठाइएको छ’, चौधरीले भने, ‘अब फेरि सतर्क हुनुपर्ने देखियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4