
१६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन् तामाङ अघिल्लो पटक माओवादी केन्द्रबाटै नगर प्रमुखमा निर्वाचित भएका थिए ।
यसपटक सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई माओवादी केन्द्रले प्रमुखको उम्मेदवार बनाएपछि तामाङले प्रमुखमा बागी उम्मेदवारी दिएका थिए ।
शुक्रबार भएको छलफलपछि प्रमुखमा बागी उम्मेदवार दिएका तामाङसहित अन्य वडामा बागी उम्मेदवारी दिएका सबैले उम्मेदावरी फिर्ता लिन सहमति गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिए।
केन्द्रबाटै उम्मेदवार छनोट गरिएको भन्दै त्यहाँ उम्मेदवारी दर्ताका दिन माओवादीका दुई पक्षबीच झडप समेत भएको थियो ।
हेर्नुहोस् विज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4