
१६ वैशाख, तनहुँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ ।
नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा पार्टीका उम्मेदवार विरुद्धका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गरी निर्वाचनमा लाग्न निर्देशन दिइएको छ ।
बागी उम्मेदवार फिर्ता नलिनेलाई पार्टीको विधान बमोजिम कारवाही गरिने एमालेले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4