
१६ वैशाख, बैतडी । बैतडीमा ३४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पालिका प्रमुख, उपप्रमुखसहित ३४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पाटन नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । उनीसहित एक वडाध्यक्ष्य र दुई वडा सदस्य पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत ईश्वरी दत्त जोशीले जानकारी दिए ।
मेलौली नगरपालिकामा पाँच जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नगर प्रमुखका स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह महरासहित वडाध्यक्ष र सदस्य गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पञ्चेश्वर गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका रमेश पाण्डेय, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी रेवती भट्टसहित ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी पार्वती नेगी र एक जना महिला वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
सिगास गाउँपालिकामा पनि स्वतन्त्रबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएका गणेश सिंह धामीले उम्मेदवारी फिर्ता लिएका छन् ।
दशरथचन्द नगरपालिकामा एक जना वडाध्यक्ष र ३ जना वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
सुर्नया गाउँपालिकामा वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ३ जना उम्मेदवारहरुले पनि उम्मेदवारी फर्ता लिएका छन् ।
दोगडाकेदार गाउँपालिकामा ५ जना वडाध्यक्ष र ३ जना वडा सदस्यसहित ८ जनाले उम्मेदवारी फर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी शिवनाथ गाउँपालिकामा एक जना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
पुर्चाैडी नगरपालिकामा भने कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजार ४४२ जनाले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया 4