
१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका तीन र उपमेयरमा उम्मेदवारी दिएका दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् । बिहीबार तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल परिवारदलबाट उम्मेदवारी दिएका महेश निरौला र स्वतन्त्र उम्मेदवार केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता गरेका हुन् । मैनाली माओवादीकी स्थानीय नेतृ हुन् ।
उपमेयरमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवारदलकी उम्मेदवार दीपा दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सूचना अधिकारी बुढाथोकीका तीन मेयर र २ उपमेयरसँगै ७ जना वडाध्यक्ष र ११ जना वडा सदस्यहरुले मनोनयन फिर्ता लिएको उनले बताए ।
जसपा त्याग गर्दै मेयरमा उम्मेदवारी दर्ता गरेका उमेश यादव र माओवादी केन्द्रबाट राजीनामा दिएर उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएनन् ।
प्रतिक्रिया 4