१७ वैशाख, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १-० ले पराजित गरेको छ । यस जितपछि लिभरपुल कम्तीमा केही घण्टाको लागि शीर्ष स्थानमा उक्लेको छ ।
३४ खेलबाट लिभरपुलको ८२ अंक छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । सिटीले शनिबार राति नै लिड्स युनाइटेडसँग खेल्नेछ र शीर्ष स्थानमा फर्कने मौका छ ।
न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुललाई जित दिलाउन नेबी केइटाले पहिलो हाफमा गोल गरे । उनले खेलको १९औं मिनेटमा डिएगो जोटाको पासमा गोल गरेका थिए ।
न्युकासल ४३ अंकसहित नवौँ स्थानमा छ ।
प्रतिक्रिया 4