+
+

सशस्त्र र नेपाल प्रहरीको आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते ९:१२

१८ वैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।

नेपाल प्रहरीमा चाहिं विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?