
१८ वैशाख, काठमाडौं । पहिलो टी-२० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । आदिल अन्सारीले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।
कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै राेहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4