
१८ वैशाख, रुपन्देही । प्रहरीले ७ नाल भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।
उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित मानिसहरु हिडेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका- ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही नगरपालिकाका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुन बहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, सो बन्दुकमा लाग्ने १२९ पिस छर्रा, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4