+
+

महानगरको मतपत्र : दलले एउटा पदमा उम्मेदवारी दिए सबैमा चुनाव चिह्न रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १७:०८

१८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने भएको छ ।

निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरू गरेको छ । सुरूमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्थे ।

तर आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताए छ ।

मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ ।

यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी रह्यो भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो, सातवटै चुनाव चिह्न रहने भयो’ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।

महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ पनि सुरु भइसकेको प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?