
१८ वैशाख, वीरगञ्ज । प्रहरीले ५३ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र वडा नम्बर ४ का राज भुलन रहेका छन् । मोक्तान ना.३ ख ६३८४ नम्बरको मिनी ट्रकका चालक हुन भने भुलन सह-चालक हुन् ।
मकवानपुरबाट पर्साको ग्रामिण क्षेत्रतर्फ जाँदै गरेको मिनी ट्रकलाई प्रहरीले वीरगञ्ज कमहानगरपालिका– ३० लालपर्सास्थित लिटिल फलावर स्कुल नजिकै रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट मिनी ट्रक भित्र दुईवटा बोरामा लुकाएर राखिएको ६ पोका अर्थात ५३ किलो गाजा बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4