
१८ वैशाख, काठमाडौं । मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक हुने भएको छ ।
इदको अवसरमा सोमबार विदा हुने भनिएको थियो, तर आइतबार साँझ चन्द्रमा नदेखिएपछि विदा नहुने भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार मुस्लिम आयोगले गर्ने सिफारिस अनुसार इद विदाको निर्णय हुन्छ, आइतबार आयोगले सिफारिस गरेको छैन ।
सोमबार साँझ चन्द्रमा देखिए पर्सी मंगलबार विदा गर्न आयोगले सिफारिस गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4