
काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’को टिजर ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याड्नेस’को प्रदर्शनका बेला देखाइने भएको छ । बेनेडिक्ट कम्बरब्याच स्टारर यो फिल्म वैशाख २३ गते नेपालमा रिलिज हुँदैछ ।
एप्पल इन्टरटेनमेन्टका अनुसार नेपाल र भारतमा फिल्मको टिजर पनि डक्टर स्ट्रेन्जको दोस्रो सिक्वेलसँगै रिलिज हुनेछ । मार्भल इन्टरटेनमेन्टले आफ्नो व्यापार रणनीतिअनुसार टिजर लञ्च गर्न लागेको हो ।
भारतमा समेत ‘डक्टर स्ट्रेन्ज’सँगै ‘अवतार २’को टिजर आउन लागेको व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् । टिजर आउने भएपछि दर्शकमा खुसी छाएको उनले ट्वीटरमार्फत जनाएका छन् ।
मार्भलले यसअघि ‘स्पाइडरम्यान : नो वे होम’ फिल्मसँगै ‘डक्टर स्ट्रेन्ज २’को टिजर पनि रिलिज गरेको थियो । जसले गर्दा ट्रेलरकै लागि पनि दर्शक फिल्म हेर्न हल पुगेका थिए ।
जेम्स क्यामरुन निर्देशित ‘अवतार २’ आगामी पुस १ गते नेपालमा रिलिज गर्ने तयारी छ ।
प्रतिक्रिया 4