+

राष्ट्रिय टिमको घटना छानविन गर्न एन्फालाई खेलाडी संघको पत्र

२०७९ वैशाख  १९ गते १५:२४ २०७९ वैशाख १९ गते १५:२४
राष्ट्रिय टिमको घटना छानविन गर्न एन्फालाई खेलाडी संघको पत्र

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतको खेलाडी संघले राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले बन्द प्रशिक्षण क्याम्प छाड्नुपरेको घटनाको निश्पक्ष छानविन गर्न माग गरेको छ ।

अघिल्लो साताको बुधबार प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको व्यवहारप्रति प्रश्न उठाउँदै सिनियर १० खेलाडीले प्रशिक्षण क्याम्प छाडेका थिए ।

सोही घटनामा आफ्नो धारणा राखिसकेको खेलाडी संघले सोमबार वक्तव्यमार्फत अनुसन्धानको माग गरेको हो । ‘खेलाडीहरुमागि सार्वजनिक रुपमा झूठो आरोप लगाएर मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कमद चाल्ने व्यक्तिहरु खेलाडीमात्र नभएर समग्र फुटबल विकासका बाधक हुन्,’ संघका नवनियुक्त अध्यक्ष विक्रम लामाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारबाही गरोस भन्ने हामीले माग राखेका छौं ।’

विहीबार खेलाडीले पत्रकार सम्मेलन गर्दा खेलाडी संघका अध्यक्ष लामा पनि उपस्थित थिए ।

फुटबल विवाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय