+

एसियाडका लागि बास्केटबल र कबडीको प्रारम्भिक छनोट

२०७९ वैशाख  १९ गते १७:४७ २०७९ वैशाख १९ गते १७:४७
एसियाडका लागि बास्केटबल र कबडीको प्रारम्भिक छनोट

१९ वैशाख, काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबडी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् । त्यस्तै नेपाल कबडी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबडीमा २८ खेलाडी छानिए ।

बस्केटबलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणलाई छनोट भए ।

कबडीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहेका छन् ।

अन्यमा आर्मीका मिना नेपाली र इशा राई, प्रदेश १ का लक्ष्मी विश्वकर्मा, बाग्मती प्रदेशकी बविता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बाग्मतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिब्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबडीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जनाएका छन् । एसियाली खेलकुद चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

एसियाड कबडी बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय