२० वैशाख, काठमाडौं । छैटौं आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितालाई नेपाल भलिबल संघ (एनभीए) जापानले प्रायोजन गरेको छ ।
एनभीए जापानले प्रतियोगिताको उपविजेता टोलीले प्राप्त गर्ने रकम प्रायोजन गरेको नेपाल भलिबल संघले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा वैशाख १८ देखि सुरु हुने लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपविजेताले ३ लाख प्राप्त गर्ने छन् ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको छ ।
प्रतिक्रिया 4