
२० वैशाख, काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।
अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
मंगलबार राजधानी काठमाडौंका दुई मस्जिदलगायतका ठाउँमा विशेष नमाज वाचन गरिएको छ । घण्टाघरमा रहेको जामे मस्जिद, पञ्चकाश्मिरी तकियामा नमाज वाचन गरी शुभकामना साटासाट गर्दै मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । यसअघि कोरोना महामारीका कारण नमाज पाठ गर्न रोक लगाइएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4