+
+

मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १२:२४

२० वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको हो । उक्त पदका लागि १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् । परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार २६ वैशाख कार्यालय समयभित्र ५०० राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेवसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सक्नेछन् ।

आयोगले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले आयोगको सूचनालाई आधार मानेर निवेदन लिइ दिनसमेत अनुरोध गरेको छ । यस्तै म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरुको समष्टिगत विवरणसमेत तयार गरी निवेदनसहित आयोगमा पठाउने व्यवस्थाका लागि आयोगले एकाइलाई पनि सूचित गरेको छ ।

प्रदेश परीक्षार्थी उत्तीर्ण माग
प्रदेश ८०७१ ९८८ ४१०
मधेश २०१५ १२० १११
बागमती ६२२६ ८९२ ३२८
गण्डकी ६४७४ ८६५ ३२१
लुम्बिनी ४३५१ ४६५ १५८
सुदूरपश्‍चिम ३४८७ ३६५ ११७
कर्णाली १४७३ १९१ १०७
जम्‍मा ३२०९७ ३८८६ १५५२

विषयगत परीक्षा असार ९ गते

यस्तै शिक्षक सेवा आयोगले विषयगत परीक्षा आगामी असार नौ गते हुने जनाएको छ ।

असार नौ गते बिहान ८ बजेदेखि प्रदेश नं. १ को मोरड, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।

परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?