
२० वैशाख, बुटवल । प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समाजले प्रदर्शन गरेको हो । प्रदर्शनपछि कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र र मानव अधिकारसँग अभिन्नरुपले जोडिएका विषय भएकाले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षामा सरकार र राजनीतिक दलहरु इमान्दार हुनुपर्ने बताए ।
संविधान सभा सदस्य एवं दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी र नेपाल पत्रकार, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षा पत्रकारको मात्र नभई लोकतन्त्रका पक्षधर सबैको दायित्व भएको बताए ।
यस्तै शान्ति समाज दाङ शाखाको आयोजनामा दाङको तुलसीपुरमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा विषयक अन्तरक्रिया भएको छ ।
प्रतिक्रिया 4