
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह/फाइल तस्वीर
२० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३० वैशाखमा हुने स्थानीय तह चुनावमा प्रत्येक बुथमा एक सय युवा परिचालन गर्ने भएको छ ।
क्रान्तिकारीको हालै सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
स्थानीय तहको निर्वाचनमा घरदैलोमा पुगेर मतदाता शिक्षा दिने र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न ‘बुथ सुरक्षा सहित’ उदेश्यले एक बुथ एक सय युवा परिचालन गर्ने निर्णय भएको क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए ।
त्यस्तै बैठकले सम्बन्धित प्रदेश पालिकाहरुमा युवा परिचालनका लागि आवश्यक समन्वय गर्ने गरी ७५३ पालिकामा ‘निर्वाचन परिचालन कमान्डर’ समेत तोकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4