
काठमाडौं । विश्व फेसनको महाकुम्भ मेटगाला–२०२२ न्युयोर्कमा सम्पन्न भएको छ । कोरोना महामारीले अघिल्ला दुई वर्ष हुन नसकेको यो जमघट यसपटक भौतिक रुपमै न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न भएको हो ।
हलिउड फेसन, संगीत र फिल्मका ए-लिस्टर सेलिब्रिटीले मेटगालाको रेडकार्पेट नापे । ‘अमेरिकामा : फेसनको संग्रह’ थिममा आयोजना गरिएको यसपटकको जमघटमा अमेरिकी फेसनको विविधता प्रस्तुत गरिएको छ ।
अमेरिकी फेसनका १३ कालखण्डलाई चित्रण गर्ने अलग फेसन प्रस्तुत गरिएको मेटगालामा विश्वकै धनी एलन मस्क र उनकी आमा मेरी मस्क आकर्षण बने । यसपटक १९ औं शताब्दीको आँखाबाट डिजाइन गरिएका पहिरन प्रस्तुत भए ।
एलन मस्क र उनकी आमा डियोरको डिजाइनमा थिए । क्यामिलिया केबेलो, माइन्डी कलिङ, क्वान्ना चेसिङघोर्सले प्रबल गुरुङको डिजाइनमा रेडकार्पेट नापे ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4