
२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो ।
बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।
तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान-अवतरण सुरु भइसकेको उनले बताए । सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4