
२१ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका- ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो ।
शवलाई पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको डीएसपी थापाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4