
२१ वैशाख, काठमाडौं । लागतार घटिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक २२ सयको लाइनमा झरेको छ । बुधबार ३१ दशमलव ७६ अंकले घटेर नेप्से परिसूचक २२ सय ७५ दशमलव ६८ अंकमा झरेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९० अंकले घटेकेा छ । नेप्से परिसूचक लगातार घट्दा कारोबार रकम पनि सुस्ताएको छ । कारोबार रकम १ अर्ब २६ करोडमा रोकिएको छ ।
दिनभर भएका २७ हजार ५ सय ६६ कारोबारबाट २३३ कम्पनीका ३६ लाख २ हजार ८ सय ४८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।
बजार घट्दा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर, प्रिमियर इन्स्यारेन्स, विजय लघुवित्त वित्तीय संस्था लगायतका केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।
उता धेरै गुमाउनेमा भने ग्रीन चेन्जर्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ । दोस्रो नम्बरमा एभरेष्ट इन्स्यारेन्सको प्रोमोटर सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया 4