
२१ वैशाख, काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्यक्त गरेकी छिन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले वैशाख २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको बताए ।
यस्तै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन र मतदाताहरुले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाद रुपमा मत हाल्ने वातावरण बनाउन आयोग चनाखो रहनु पर्ने सुझाव दिइन् ।
साथै आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूतिसहित निर्वाचन सम्पन्न गर्ने तथा मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4